सभा बस्ने सम्बन्धमा ।

श्री शेयर सदस्यज्यू,
बिषयः— सभा बस्ने सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा यस पञ्चदेवी बचत तथा ऋण सहकारी संस्था लि. को मिति २०८० आश्विन २५ गते बसेको संचालक समितिको बैठकको निर्णय नं. १ अनुसार संस्थाको १३ औं बार्षिक साधारण सभा तपसिलको मिति, स्थान र समयमा बस्ने भएकाले यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध छ । विस्तृत जानकारीका लागि संस्थाको वेवसाईट धधध।उबलअजबमभखष्।यचन।लउ मा हेर्नु हुन समेत अनुरोध गरिन्छ ।
तपसिलः
कार्यक्रम हुने मिति, स्थान र समय
मिति २०८० साल कार्तिक १८ गते शनिबार ।
स्थान स्टार बैङ्क्वेट ,का.म.न.पा –३२ ,पुरानो सिनामंगल ।
समयः बिहान ११ः३० बजे
सभामा छलफलका लागि प्रस्तावित बिषयहरु
(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूको आ.व.२०७९÷०८०को बार्षिक प्रतिवेदन तथा आगामी आ.व.का लागि योजना तथा
कार्यक्रम प्रस्तुत छलफल तथा पारित सम्बन्धमा ।
(२) आ.व.२०७९÷०८० को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित सम्बन्धमा ।
(३) आ.व.२०७९÷०८० को कोषाध्यक्षको वित्तिय विवरण सहित आ.व.२०८०÷०८१ को लागि बजेट पारित सम्बन्धमा ।
(४) आ.व.२०७९÷०८० को लेखा परिक्षकको लेखा परिक्षण प्रतिवेदन पारित सम्बन्धमा ।
(५) आ.व.२०८०÷०८१ का लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा ।
(६) शेयर लाभांश पारित सम्बन्धमा ।
(७) बाह्य ऋण सम्बन्धमा ।
(८) ऋण लगानी तथा असुली सम्बन्धमा ।
(९) व्यवस्थापकको पारिश्रमिक निर्धारण सम्बन्धमा ।
(१०) संस्था एकिकरण सम्बन्धमा ।
(११) आ.व.२०७९÷०८० मा संचालक समितिले गरेका निर्णयहरु अनुमोदन सम्बन्धमा ।
(१२) साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्नका लागि प्रतिनिधि छनौट सम्बन्धमा ।
(१३) विविध ।
...........................
सुर्दशन नेपाल
सचिव
पुनश्चः—साधारण सभामा सदस्य स्वयं उपस्थित हुनुपर्नेछ । उपस्थित हुने सदस्यलाई यातायात खर्च वापत रु. ५००÷– उपलब्ध गराइनेछ ।
मितिः२०८०–०६–२६
