परिचय

समृद्धितर्फ उन्मुख देशको बदलिँदो वर्तमान अवस्थामा न्यूनतम तथा मध्यम आय भएका व्यक्तिहरूका बीचमा मितव्ययी भावना जागृत गराउँदै सहकारीको महत्व र मानिसको दैनिक जीवनमा यसले पार्ने दुरगामी प्रभावहरुलाई उजागर गरी यसमा आवद्धता जनाउने उद्धेश्यले पञ्चदेवी बचत तथा ऋण सहकारी संस्था लि काे स्थापना भएकाे हाे । आफ्ना सम्पूर्ण शेयर सदस्यहरू तथा बचतकर्ताहरुको को सामाजिक, आर्थिक, एवं सांस्कृतिक विकास गर्न र अरूको व्यक्तिगत एवं सामुहिक क्षमताको अभिवृद्धि गर्दै आवश्यकता र आय आर्जन क्षमताको पहिचानका साथ उत्पादनशील र आयमूलक क्षेत्रमा आफ्ना सदस्यहरु मार्फत नै लगानी गरी छरिएर रहेको राष्ट्रिय पुँजीको सही सदुपयोग गर्ने उद्धेश्यले संस्थागत रुपमा संचालित य सहकारीले आफ्ना सेवाहरु प्रदान गर्दै आईरहेकाे छ ।  गर्दै उद्यमशीलताको माध्यमबाट देशको गरिबी तथा बेरोजगारीलाई केही हदसम्म न्युनिकरण गर्न सहयोग पुर्याउने हेतु ले सहकारी ऐन २०८ बमोजिम २०६६ मंसीर १ गते नेपाल वा नेपाल बाहिर रहेका नेपाली नागरिक बीच रहेको संस्था काभ्रेली सम्बन्ध सेतु का सदस्यहरु बीच रहनेगरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत रुपमा दर्ता भै स्थापना गरिएको संस्थाको नाम हो पन्थदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड जसको प्रधान कार्यालय काठमाडौँ महानगरपालिका वडा नं ३२ पुरानाे सिनामंगल पेप्सीकाेला र सदस्य सेवा केन्द्र काठमाडौंमा नगरपालिका वडा नं २२ महाबौद्ध भाेसिकाे टाेल काठमाडौंमा रहेको छ.। 

 

संस्थाको उद्देश्य

‘अंगाल्दै पद्धति सहकारी, बनौं स्वाबलम्बी  र स्वरोजगारी ‘ भन्ने सहकारीको विश्वव्यापी मान्यता एवं ‘खुला र स्वेच्छिक सदस्यता’ सहकारीको पहिलो सिद्धान्तलाई आत्मसात गर्दै आर्थिक समृद्धितर्फ उन्मुख देशको तीन खम्बे नीति अन्तरगतको एक हो सहकारी । जसको मूलभूत मान्यता अनुरुप आर्थिक अनुशासन कायम गर्दै अनुत्पादक रुपमा र छरिएर रहेको स-साना पुँजी हरुलाई बचत त्यागबाट प्राप्त हुन्छ र थोपा थोपाले पनि घैला भरिन्छ भन्ने कटुयथार्थलाई व्यावहारिक रुपमा नै प्रमाणित गर्न एकत्रित गरी आजको प्रतिस्पर्धात्मक बजारमा विशेष ज्ञान, सीप, दक्षता एवं प्रविधिको अधिकतम प्रयोग गरी आफ्ना शेयर सदस्य तथा बचतकर्ताहरुलाई ब्याजदरमा कर्जा प्रवाह गर्दै उद्यमशीलताको विकास गर्ने र त्यसबाट प्राप्त उपलब्धिलाई पुन सदस्यहरुकै हितानुकुल हुनेगरी प्रयोग गर्ने उद्देश्य रहेको छ । 

 शेयर पूँजी

 हाल संस्थाको चुक्ता शेयर पूँजी ५ करोड रहेको छ ।

 संस्थाको व्यवस्थापन प्रविधि

 Saving First भन्ने मूल नारालाई अग्र स्थानमा राखेर संस्थाप्रतिको अपनत्वलाई हृदयंगम गरी आफ्ना शेयर सदस्य एवं बचत कर्ताहरुको को रुपमा मन वचन र कर्मले विशेष ज्ञान सिप र दक्षताको प्रयोग गर्दै अहाेरात्र खट्न सक्ने प्रतिष्ठित व्यापारी, स्थानीय बुद्धिजीवी, समाजसेवी, बैंकर्स, पूर्वकर्मचारी तथा प्राध्यापकहरु लगायतसंग समूह सम्मिलित कुशल सञ्चालक, व्यवस्थापन पक्ष सक्रिय रहेको यसरी संस्थामा समितिले ल्याएको नीति तथा कार्यक्रमलाई लागू गर्न संस्थाको कर्मचारी प्रशासन विनियम बमोजिम दक्ष तथा अनुभवी कर्मचारीहरुले नीति नियमको परिधिभित्र रही छिटो छरिताे प्रभावकारी एवं पारदर्शी ढङ्गबाट दैनिक आर्थिक एवं प्रशासनिक सेवा प्रभाव गर्नको लागि आधुनिक बैंकिङ सफ्टवयर जडान गरिएको छ । जसले संस्थाबाट हुने कारोवारलाई चुस्तदुरुस्त मात्र नभई विश्वसनीय र व्यवस्थित पनि बनाएको छ ।